एमालेमा वडा र पालिका अधिवेशन सार्न माग

काठमाडौं । नेकपा एमालेमा वडा र पालिका अधिवेशन तोकिएको मितिमा गर्ने वा नगर्ने भन्ने विषयमा सुरु भएको छ ।

कातिक ६ गतेका लागि तोकिएको वडाअधिवेशन र ९ गते पालिका अधिवेशन केही दिन सार्न आवज उठेको हो । 

अधिवेशन कार्यतालिका सार्न असार २७ गतेको १० बुँदे सहमतिमा टेकेर एमालेमै रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्यको पक्षले वडा र पालिका अधिवेशन सार्नुपर्ने आवाज उठाएका छन् ।

अध्यक्ष केपी शर्मा ओली उपस्थित बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीले बुधवार काठमाडौंमा आयोजना गरेको बैठकमा मुख्यमन्त्रीसमेत रहेकी शाक्यले वडा अधिवेशन हतारमा गर्ने पक्षमा आफू नरहेको अभिव्यक्ति दिएकी थिइन् ।

पार्टीको केन्द्रले कार्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्देशन दिएको उल्लेख गर्दै शाक्यले त्यसका लागि तयारी नपुगेको बताएकी थिइन् ।

अधिवेशनका लागि सबै तयार हुनुपर्नेमा त्यसो हुन नसकेकाले हतार गर्न नहुने उनको तर्क थियो । ‘वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्द्रीय कमिटीको महाधिवेशनभन्दा पनि महत्त्वपूर्ण छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.