एनआरएनए अध्यक्षको टोली र एमाले अध्यक्ष ओलीबिच भेट

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको टोलीबिच भेटवार्ता भएको छ । एनआरएनए टोलीले ओली निवास बालकोटमै पुगेर भेट गरेका हुन् ।

एनआरएनएको महाधिवेशन यहि अक्टोबर २४ र २५ मा हुने भनिएतापनि आन्तरिक विवादका कारण समस्या उत्पन्न भएको छ । आन्तरिक विवाद परराष्ट्र मन्त्रालय सम्म पुगेपछि मन्त्रालयले ठोस निर्णय दिन सकेको छैन । जसका कारण एनआरएनएको महाधिवेसन नै रोकिने हो कि भन्ने शंका पैदा भएको बारे अध्यक्ष पन्त र ओलीबिच कुराकानी भएको छ ।

आउँदो महाधिवेसनमा अध्यक्ष पदका लागि हाल उपाध्यक्षसमेत रहेका डा.बद्री केसी, कुल आचार्य र नविन थापा मैदानमा उत्रिएका छन् । एमाले निकट डा. केसीलाई हराउनकै लागि कांग्रेस र माओवादी केन्द्र लागि परेको गुनासो एनआरएनए टोलीले ओली समक्ष राखेका छन् । डा. केसीको उम्मेद्वारी विश्वभर नै बलियो देखिएकाले विपक्षीले अनावश्यक विवाद निकालेर परराष्ट्र मन्त्रालयमा उजुरी गरेको पन्तको आरोप छ । जसका कारण परराष्ट्रले निर्वाचन प्रक्रिया अघि बढाउन रोक लगाएको उनले बताए ।

समाज सेवाको उदेश्य बोकेर स्थापित भएको एनआरएनएमा राजनितिकरण हुन नहुने ओलीको भनाई छ । साथै पूर्वप्रधानमन्त्री ओलीले आउँदो एनआरएनएको महाधिवेसन सफल पार्न लागि पर्ने आश्वासन समेत व्यक्त गरेका छन् ।

एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले विपक्षी पाटी काँग्रेसले एनआरएनएको चुनाव रोकेर गैरप्रजातान्त्रिक आचरण देखाएको आरोप लगाए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.