बागमती प्रदेशसभा बैठक सुरु

बागमती प्रदेशसभा बैठक सुरु भएको छ ।

बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अघिल्लो बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने भएको छ । 

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको बैठकमै विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।दसैँ बिदाका कारण झण्डै दुई सातापछि बिहीबार बसेको बैठकमा पनि विश्वासको मतमाथि मत विभाजन भने नहुने भएको छ ।

१०९ सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री शाक्यको दल नेकपा एमालेसँग ४३ संसदमात्र छन् । अर्कोतिर विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एकीकृत समाजवादी पार्टीका १३ र जसपाका एक सांसद छन् । यस आधारमा प्रदेशसभामा विपक्षी गठबन्धन प्रस्ट बहुमतमा देखिन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.