विश्वासको मत माग्दै शाक्य: अध्यादेशका कारण राजनीतिक अस्थिरता बढेको निष्कर्ष

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण राजनीतिक अस्थिरता बढेको बताएकी छन् । 

बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा मुख्यमन्त्री शाक्यले सो बताएकी हुन् । 

सोही अध्यादेश अन्तर्गत आफ्नो पार्टी नेकपा एमाले विभाजन भएको र एमालेबाटै केही सांसद अर्को दलमा सहभागी हुँदा उनी आबद्ध नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा छिन् । 

आफूले प्रदेश सरकारको नेतृत्व लिएको केही घण्टा बित्न नपाउँदै आफ्नै पार्टीका नेता तथा सांसदहरु अन्य गतिविधिमा लागेको पनि आफूलाई राम्ररी थाहा भएको उनले बताइन् ।

मुख्यमन्त्री शाक्यले संसदीय प्रणालीमा पार्टीहरु बलियो बन्नु पर्नेमा त्यस विपरीत झन् कमजोर बन्दै गएको टिप्पणीसमेत गरिन् । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चारैतिरबाट प्रहार भइरहेको उनको भनाइ थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.