काठमाडौं। नेकपा एमालेबाट राजीनामा दिएका वामदेव गौतम नेकपा समाजवादी पार्टीले गठन गरेको पाँच सदस्सीय स्थायी कमिटीमा अटाउन सकेका छैनन् ।
नेकपा एमालेबाट विभाजित भएको नेकपा (एस)ले नेपाल नेतृत्वमा पाँच सदस्यीय स्थायी कमिटी बनाए पनि सो कमिटीमा उनी आटाउन नसकेका हुन् । गौतमले गत शुक्रबार मात्रै नेकपा एमाले परित्याग गरेका गरेका थिए ।
नेकपा एसले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मार्फत अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरेको जानकरी गराएका छन् । तर, नेकपा एसमा प्रवेश गर्न लागेका गौतमलाई भने अन्तरपार्टी निर्देशनमा स्थायी कमिटीमा राखिएको छैन ।
‘पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नको निम्ति अध्यक्ष कमरेड माधवकुमार नेपाल, वरिष्ठ नेता कमरेड झलनाथ खनाल र नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहनु भएका कमरेडहरु मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल, प्रमेश हाल रहनुभएको स्थायी कमिटी गठन गरिएको छ’ अपानिमा उल्लेख गरिएको छ । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी भने गंगालाल तुलाधारले पाएका छन् ।