काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रवार २ बजे बस्नेगरि स्थागीत भएको छ । विहीवार तुल्सीलाल भवनमा बसेको बैठकले आगामी १०औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशन व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।
यसैगरि बैठकले काठमाडौंमा हालै सम्पन्न विधान महाधिवेशनको समक्षिा गरेको छ । बैठकले एमालेको पहिलो विधान महाधिवेशन ऐतिहासिक रुपमा भव्य र सफल भएको निष्कर्ष निकालेको छ ।
यस्तै बैठकले बाढी पहिरो र बर्षाबाट प्रभावित पीडितहरुका लागि सरकारसँग राहत प्याकेज र क्षतिपूर्तिको माग गरेको छ । बाढी पहिरोको कारण बिग्रेका संरचना तथा भत्केका पूर्वाधारहरुको तत्काल पूननिर्माण गर्न पनि एमालेले सकारसँग माग गरेको छ ।
यस्तै सरकारले गैर सरकारी संस्था र सरकारको स्वामित्व रहेको संस्थाहरुमा हस्तक्षेप गरेको भन्दै एमालेले विरोध जनाएको छ । एमालेले सो कार्य सरकारले तत्काल बन्द गर्नुपर्ने माग गरेको छ ।
एमालेको देशैभर कार्तिक ६ गते र ९ गते क्रमश वडातह र स्थानीय तहमा अधिवेशन सकाउने भनिएतापनि बाढी पहिरो प्रभाव रहेको ठाउँमा कात्र्तिक महिनाभित्र गरि सक्ने गरि सर्कुलेशन गर्ने पनि बैठकले निर्णय गरेको छ ।