१४ लाख ५० हजार रुपैँया ठगी अभियोगमा एकजना पक्राउ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृतमा जागिर लगाइदिने भन्दै ठगी गरेको अभियोगमा आज एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका–३ घर भइ अहिले बर्तमान समयमा चाबहिलमा बसोबास गर्दै आएका ३५ वर्षीय निलम भट्टराई रहेका छन ।

आफँ राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकृत भएको बताउँदै जागिर लगाइदिने भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–३ की ३० वर्षीया दुर्गा पौडेल न्यौपानेलाई प्रलोभन देखाएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी कृष्ण कोइरालाले बताए ।

‘उनले चलचित्र क्षेत्र र नेपाल टेलिभिजनको पत्रकार समेत रहेको बताउँदै राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने प्रलोभन दिएको उजुरी परेको छ ।’
‘ कोइरालाका अनुसार चलचित्र क्षेत्र र नेपाल टेलिभिजनको पत्रकार समेत रहेको बताउँदै राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने प्रलोभनमा उनले १५ लाख रुपैँया मागेको थिए जसमध्ये १४ लाख ५० हजार रुपैँया लिइसकेको उजुरीमा उल्लेख रहेको छ ।

रकम लिएपछि उनले जागिर पक्का भयो भन्दै ४५ दिने तालिमका लागि सिन्धुली जानुपर्ने बताएका थिए । काठमाडौँ आएर फोन गर्दा निलम भट्ट सम्पर्कविहिन भएका थिए त्यसपछि महाशाखामा उजुरी परेको कोइराले बताए । कोइरालाका अनुसार सुर्खेतमा लुकेर बसेको बेलामा उनलाई पक्राउ गरेको हो । उनिबाट अन्य पनि ठगिएको हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.