चीनले आक्रमण गरे ताइवानको रक्षा गछौँ : अमेरिका

एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताइवानमाथि हमला गरे अमेरिकाले ताइवानकाे रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताइवानमाथि आक्रमण गरे त्यसको जबाफ दिने प्रतिबद्धता जनाउँछौं,’ राष्ट्रपति बाइडेनले भने ।

तर, ह्वाईटहाउसका प्रवक्ताले राष्ट्रपतिको भनाईले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको धारणा व्यक्त गरेका छन् । यस्तै, बाइडेनको अभिव्यक्तिले चीनप्रतिको आफ्नो अडानमा कुनै परिवर्तन नहुने ताइवानले जनाएको छ ।

ताइवानलाई रक्षा गर्ने विषयमा अमेरिकाले लामो समयदेखि अस्पष्ट रणनीति अभ्यास गर्दैै आएको छ । यसको मतलब चीनले ताइवानमाथि हमला गर्‍यो भने उसलाई कसरी रक्षा गर्ने भन्ने विषयमा अमेरिका पूर्ण रुपमा अस्पष्ट छ ।

चीनले ताइवानलाई आफूबाट विभाजित भएको एउटा प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ । जब की ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक ठान्छ ।

ताइवानसँग अमेरिकाको कुनै कूटनीतिक सम्बन्ध छैन। तर अमेरिकाले तइवानलाई लामो समयदेखि हतियार बिक्री गर्दै आएको छ ।

बाइडेनको अभिव्यक्तिप्रति ताइवानको राष्ट्रपतिको कार्य तटस्थ छ । उसले चीनको दवाबको सामु पनि नझुक्ने र अमेरिकी समर्थनबाट उत्साहित नहुने जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.