महिला लघुवित्तको लाभांश संशोधन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि दुई दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस अनुसार अब कम्पनीले चार करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिनेछ । साथै २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यस अघि लघुवित्तले चुक्ता पूँजीको ४५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयर धनीले पाउने छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.