काठमाडौं । सरकारको कामगराई अपेक्षित नरहेको र निश्चित समयभित्र जनताको अपेक्षाकृत काम नभएको नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् । नेपाल विधुत प्राधिकरण कर्मचारी संघको कार्यक्रममा बोल्दै थापाले सरकार गठनको १ सय दिनको अवधि सकिदासमेत पनि जनतामा आशा जगाउन नसकेको उनले टिप्पणाी गरेका छन ।
वर्तमान समयमा सत्तामा रहेको नेतृत्वको सरकारलाई समय खेरनफाली गंम्भिर भएर काम गर्नुपर्ने उनले बताएका छन । उनले भने , धेरै पटक हामिले अमुल्य समय खेर फालिसकेका छौ , यस कारणले गर्दा अहिले जनताले भनेबमोजिमको सेवासससुविधा पाउँन सकेका छैनन । अब थोरै पनि कदाचि कतैपनि नढल्की जनविकास र जनताको काम गर्नुपर्ने उनले बताएका छन । ।
सामाजिक न्याय र स्वतन्त्रतालाई ध्यानमा राखि आफ्नोकामप्रति जिम्मेवार भएर काम गर्नुपर्ने उनले बताए । ।
विधुत खपत बढाउने विषयमा पनि सरकारले पर्याप्त काम गर्नुपर्ने र विद्युत प्राधिकरणको प्रतिष्ठा जोगाउने गरी काम हुनुपर्ने समेत उनले बताएका छन । ।