काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी जनता समाजवादी पार्टी त्याग गर्ने निर्णयमा पुगेका छन् ।
पार्टीको पर्सा जिल्लास्तरीय विस्तारित बैठकमा विजय सरावगीलाई अध्यक्ष उपेन्द्र यादवले धोका दिएको र अपमान गरेको भन्दै जसपा छाड्न लागेको उनले बताए ।
तत्कालीन संघीय समाजवादी पार्टीबाट मेयरसमेत जितेका थिए सरावगीलाई केन्द्रीय सदस्य बनाउने भनिएकोमा कोषाध्यक्षबाट हटाइएकाले जसपा छाड्ने निष्कर्षमा पुगेको उनले बताए ।
सरावगीले आफूलाई पैसा भएको बेला मात्र बोलाएको र अन्य समयमा बैठकमा नबोलाउने गरिएको भन्दै जसपाका अध्यक्ष यादवको व्यक्तिवादविरुद्ध उत्रिनसमेत आह्वान गरेका छन् ।
मन्त्री चयनमाको विषमा यादवले पैसा खाएको भन्दै पर्साबाट निर्वाचित सांसद प्रदीप यादवसमेत उपेन्द्रसँग असन्तुष्ट देखिएका छन् । त्यसपछि प्रदीप यादवको पक्षले वीरगञ्जमा उपेन्द्रको पुत्लासमेत जलाएका थिए ।