काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका नव नियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
नेपालका लागि नव नियुक्त राजदूतले राष्ट्रपति भवन, शीतल निवासमा एक कार्यक्रम मार्फत प्रमाणपत्र पेस गरेका हुन् । ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगस,इटालीका भिन्चेञ्जो डि लुक्का, माल्टाका रुबिन गाउची र दक्षिणअफ्रिकाका जोएल सिबुसिसो एन्डेबेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
