जनकपुरधाम । पाँच वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षीय उपप्रध्यापक पक्राउ परेका छन् ।
जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरधाम–८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा भाडामा बस्ने सिरहाका बालिकालाई यौन शाेषण गरेकाे आरोप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाको दाबी छ । बालिकाको यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।
प्रहरीले पीडित बालिकाको शुक्रबार नै मेडिकल जाँच गरेको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।