एमाले वडा अधिवेशनः खोटाङमा दुई हजार चार सय ४९ जनाले नयाँ जिम्मेवारी पाउने

खोटाङ । खोटाङमा नेकपा एमालेका दुई हजार चार सय ४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् ।

खोटङमा दुई नगरपालिका र आठ गाउँपालिका गरी ७९ वडा छन् ।  प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । जिल्लाका सबै वडामा सर्वसम्मत वडाको नेतृत्व टुंग्याइने नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिवसहित सदस्य चयन गर्ने छन् ।

आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन लागेको हो ।

प्रतिकूल मौसम तथा कावु बाहिरको अवस्थामा बाहेक वडा अधिवेशन शनिबार सम्पन्न हुने एमालेले जनाएको छ । आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.