सुर्खेतमा तीन दिनपछि सर्‍यो वडा अधिवेशन

काठमाडौं । नेकपा (एमाले) सुर्खेतको वडा र पालिका अधिवेशन सरेको छ । एमाले जिल्ला कमिटी सुर्खेतले प्राविधिक कारण देखाएर अधिवेशन नहुने बताएका कारण अधिवेशन तीन दिनपछि सरेको हो ।

एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ । तर, सुर्खेतमा भने कात्तिक ९ गते मात्रै वडाधिवेशन हुने एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए । कात्तिक १५ गते पालिका अधिवेशन गर्ने तयारी रहेको शाहीले बताए ।

पार्टीले वडा अधिवेशनको लागि कात्तिक ६ र पालिका अधिवेशनको लागि ९ गते समय तोकेको थियो ।

अधिवेशनको थप तयारीका लागि भन्दै एमाले सुर्खेतले आज (शनिबार) जिल्ला कमिटी बैठक बोलाएको छ ।

जिल्ला कमिटी बैठकले अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिनिधिहरु तोक्नेछ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.