भक्तपुर अस्पतालमा डाक्टरसहित २२ जना स्वास्थ्यकर्मी माग

काठमाडौं । भक्तपुर अस्पतालमा डाक्टर नर्ससहित २२ जना स्वास्थ्यकर्मी माग गरिएको छ । अस्पतालले आइसियु, पिआइसियु, अल्जाइमर्स ओपिडि, एचडीयु तथा वार्डहरु सञ्चालनका लागि करारमा स्वास्थ्यकर्मी माग गरेको हो ।

मेडिसिन, एनेस्थेसियोलोजी, मेडिकल ल्याब टेक्नोलोजी, जनरल नर्सिङ, अप्थाल्मोलोजी समूहका लागि अस्पतालले आवेदन खुलाएको छ । १५ दिनभित्र आवेदन दिन अस्पतालले भनेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.