संयोजन गर्न सकिनँ भनेर रावलले पदबाट राजीनामा दिनु ठूलो कुरा होइन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दश बुँदेमध्ये केही बुँदा कार्यान्वयन गर्न बाँकी रहेको बताएका छन् । 

भीम रावलले त संयोजकको पदबाट राजीनामा दिनुभयो नि ! भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले यस्तो बताएका हुन् । 

शनिबार वडा अधिवेशनको उद्घाटनपछि सञ्चारकर्मीसँग भएको अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

‘संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो,’ ओलीले भने, ‘त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’ 

शुक्रबार मात्रै उपाध्यक्ष भीम रावलले दशबुँदे कार्यान्वयन संयोजक पदबाट राजीनामा दिएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.