काठमाडाैँ । करिब २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार रामानन्दप्रसाद गुप्ताको ६० वर्षको उमेरमा निधन भएको छ।
गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत रहेका थिए । उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व सभापति हुन्। उनको शव आज विहान १० बजे हिन्दूसंस्कार अनुसार खुट्टिखोलामा दाह संस्कार गरिएको नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले बताए ।
गुप्ताको एक पत्नि, एक छोरी र दुई छोरा छन् ।
गएको बुधबार मस्तिष्कघात भएपछि उनलाई विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो ।
बिरामीको अवस्था गम्भीर रहेकाे चिकित्सकले बताएपछि उनलाई अक्सिजन दिएर लहानमा आफ्नै घरमा लगिएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई पुनः विराटनगर लगिएको थियो ।