सप्तरी । सप्तकोशी नदीमा हामफालेर शनिबार एक व्यक्ति बेपत्ता भएका छन् ।
काेशी ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
नदीमा हामफाल्ने व्यक्ति सुनसरीका तिलक दाहाल रहेको र उनको खोजी भइरहेको प्रवक्ता काफ्लेको भनाइ छ।