पोखरा । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशअन्तर्गत कास्कीका ७२ वटै वडामा अधिवेशन सुरु भएका छन् । अधिकांश वडामा सर्वसम्मतिको प्रयास गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
‘सबै जसो वडामा सर्वसम्मत हुने बुझेका छौं । केहीमा चुनाव भए पनि आजै नतिजा आउँछ ।’ उनले भने, ‘आन्तरिक प्रतिस्पर्धा स्वच्छ रुपमा हुनेछ ।’
निर्वाचन कमिटी कास्कीका अध्यक्ष टिकाराम पँगेनीले सबै वडामा मतदान अधिकृत खटाएर निर्वाचन प्रक्रिया सुरु गरेको बताए । ‘उद्घाटन सत्र सबै वडामा एकै पटक भर्चुअल माध्यमबाट भएको छ । अहिले बन्दसत्र चलिरहेको छ ।’ उनले भने, ‘सबैतिर राम्रो समाचार आइरहेको छ । सर्वसम्मतको प्रयास गरिरहनु भएको छ ।’
कास्कीसहित गण्डकीका सात सय ५९ वडामा पनि आजै अधिवेशन भइरहेको छ ।
गण्डकीको सबैभन्दा धेरै स्याङ्जा जिल्लामा ९७ वडा छन, भने सबैभन्दा कम मुस्ताङमा २५ वडा छन् ।