काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसभित्रको विवाद आपसमा मिलेर समाधान गर्नु पर्ने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस नुवाकोटले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा केसीले यस्तो बताएका हुन् ।
केसीले भने,‘नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ। महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न आग्रह गर्छु ।’
कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन गुटबन्दी अन्त्य गर्नुपर्ने बताए।