काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आउँदो महाधिवेशनका लागि अझै २३ जिल्लामा अधिवेसन बाँकी छ । राप्रपाले हालसम्म ५४ जिल्लामा आफ्नो जिल्ला अधिवेसन सम्पन्न गरिसकेको छ ।
रोल्पा, सङ्खुवासभा, जुम्ला, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेसनमा विवाद भएपछि ती जिल्लामा पुन: अधिवेक्नक गर्ने तयारी गरहेको पार्टी निर्वाचन समितिले जनाएको छ । राप्रपाले यही कातिक १७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेसन गर्ने तयारी छ ।
अधिवेशन गर्न बाँकी २३ जिल्लामा सकेसम्म चाँडै अधिवेसन गर्ने तयारी रहेको समितिले जनाएको छ । आउँदो महाधिवेसनका लागि सबै जिल्लमा यही कातिक १४ गतेभित्र अधिवेसन सक्नुपर्ने समय तोकिएको छ ।