सिटीको सहज जित

काठमाडौं ।  फिल फोडेनको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमण टोली सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा फोडेनको दुईसहित इल्के गुन्डोगान र रियाद महरेजले एकरएक गोल थपे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए ।

जितसँगै सिटीले ९ खेलबाट २० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । ब्राइटन १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

गएरातिको खेलमा ब्राइटनले एभर्टनलाई ५–२ ले हराउँदा क्रिस्टल प्यालेस र न्युक्यासल युनाइटेड तथा लिड्स युनाइटेड र उल्भ्सले १–१ गोलको बराबरी खेले । यस्तै साउथह्याम्पटन र बर्नलीले २२ गोलको बराबरी खेले ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.