काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट्ने भएका छन् ।
बार पदाधिकारीले शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेसी प्रणाली लागू गराउन भेट्न लागेका हुन् ।
बार पदाधिकारीले स्वचालित पेसी प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको छ । बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर समग्र विषयमा छलफल गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
स्वचालित पेसी प्रणाली लागूका साथै अहिले न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायपालिकाको सुधारको लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिकलगायत विषयमा प्रधानन्यायाधीशसँग कुरा राख्ने अध्यक्ष श्रेष्ठले बताए ।
प्रधानन्यायाधीश जबराले विकृति तथा विसंगति रोक्नको लागि विशेष पहल गर्नु पर्ने धारणा श्रष्ठकाे छ ।
प्रधानन्यायाधीश राणालाई भेटेपछि बारले थप धारणा बनाउने श्रेष्ठले बताए । बारले प्रधानन्यायाधीशको राजीनामा भने मागेको छैन । सुधारमै जोड दिएको छ । महाभियोग संसदको क्षेत्राधिकारको विषय भएको उनकाे धारणा छ ।