ओली र राष्ट्रपतिले मदन भण्डारीको हत्यारा लुकाएको नेता खतिवडाको आरोप 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई मदन भण्डारीको हत्यारा लुकाएको आरोप लगाएका छन् ।    

शनिबार झापामा भएको पत्रकार सम्मेलनमा नेता खतिवडाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीमाथि आरोप लगाएका हुन् । 

‘मलाई के लाग्छ भने उहाँहरुले हत्याको योजना बनाउनु भयो पनि भन्दिनँ, हत्या गर्नु भयो पनि भन्दिनँ तर हत्याराको प्रमाण लुकाउन उहाँहरु संलग्न हुनु हुन्छ भन्ने मलाई लाग्छ ।’

खतिवडाले भने ‘होइन भने उहाँहरुले छानबिन गर्नु पर्दथ्यो, खोजी गर्नु पर्दथ्यो, त्यसका लागि योजना बनाउनु पर्थ्यो । यसकारण उहाँहरुले मदन भण्डारीको नाममात्र बेचिरहनु भएको छ ।’

माधव कुमार नेपाल र प्रचण्डले पनि सार्वजनिक मञ्चहरुमा मदन भण्डारीको हत्याको विषय उठाउँदै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.