एजेन्सी । भारतका रक्षा प्रमुख जनरल विपिन रावतले दक्षिण एशियामा रणनीतिक सफलता प्राप्त गर्न नेपाललगायतका देशमा चीनले ठूलो लगानी गरिरहेको बताएका छन् ।
‘दक्षिण एशियामा रणनीतिक सफलता प्राप्त गर्न नेपाल, श्रीलंका र माल्दिभ्समा पर्याप्त लगानीसहित पछिल्लो समयमा बंगलादेश र म्यानमारले चिनियाँ सेनाको ठूलो सहयोग प्राप्त गरेका छन् । ’ रावतले भने ।
रावतले विश्व शक्तिमा पुग्ने चीनको आकांक्षाका कारण दक्षिण एशियामा अस्थिरता निम्तिएको आरोप लगाएका छ ।
बढ्दो विश्व शक्तिको रुपमा आफूलाई सशक्त देखाउन चीनले दक्षिण एशिया र हिन्द महासागरमा ठूला सडक निर्माण गरेको उनको भनाई छ । ‘हालसालै हामी भूरणनीतिक प्रतिस्पर्धाको साक्षी बनेका छौँ । आफ्नो स्वार्थका कारण चीनले चीनले यस क्षेत्रमा ठूलो लगानी गरेको छ ।’
म्यानमार र बंगलादेशमा चीनको हमला भारतको राष्ट्रिय सुरक्षामा जोखिम नभएको तर भारतलाई घेरा हाल्ने प्रयत्न हाे ।
अहिले क्षेत्रीय रणनीतिक अस्थिरताको खतरा रहेको छ । खतराले भारतको क्षेत्रीय अखण्डता र रणनीतिक महत्वमा असर गरेको उनले बताए ।
उनले भने, पाकिस्तानको राज्य प्रायोजित अतिवाद दुई देशबीचको शान्ति प्रकृयामा मुख्य बाधक भएको छ ।