विराटनगर । प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कांग्रेसले फ्लोर क्रस नगर्ने बताएका छन् ।
मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन भएपछि कोइरालाले कांग्रेस एकजुट भएर प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन् ।
कोइरालाले प्रदेश सरकारको नेतृत्व आलो पालो गर्न माग गरेका छन् ।
प्रदेश नम्बर १ मा मुख्यमन्त्री भीम आचार्यले आइतबार लिने भनिएको विश्वासको मतदान रोक्न नेपाली कांग्रेसले निवेदन दिएको छ।
गत शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रश्वास पेश भएको थियो।
शुक्रबार प्रस्ताव पेश भए पनि मतदान भने आइतबार हुने तय भएको थियो ।