घरायसी विवादमा मरणासन्न हुने गरी कुटपिट

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-२ मल्लाढिकका ४५ वर्षीय ईश्वरीदत्त जोशी कात्तिक ४ गते मरणासन्न हुने गरी कुटिएका छन् ।

 जोशीलाई घरायसी विवादमा स्थानीय केशवराज जोशीका छोराहरू २० वर्षीय रामदत्त जोसी र १८ वर्षीय तिलक जोसीले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका ईश्वरीदत्तको अहिले धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते जोशीकाे उपचार सुरु भए पनि स्वास्थ्यमा सुधार भएको छैन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.