एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण पूर्वी ताइवानमा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको ताइवानको केन्द्रीय मौसम व्युरोले जनाएको हो ।
अमेरिकी भौगोलिक सर्वेक्षण निकायका अनुसार भूकम्पको म्याग्निच्युड ६ दशमलब २ मात्र रहेको जनाएको छ ।
उत्तर पूर्वी यीलान जिल्लामा केन्द्रबिन्दु रहेको भूकम्पको गहिराई ६७ किलोमिटर रहेको छ ।
भूकम्पकाे धक्का १० सेकेन्डसम्म महशुस रहेको थियो ।
ताइवानमा बारम्बार भूकम्प जान्छ । तर,
आइतबारको भूकम्प केही वर्षयताकै शक्तिशाली भएको जनाइएको छ ।