काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको आफ्नै वडामा सहमतिमा वडा अधिवेशन हुन सकेकाे छैन ।
अध्यक्ष ओली सूर्यविनायक नगरपालिका–२ बालकोट भक्तपुरमा बस्दै आएका छन् । यहाँ एमाले वडा अध्यक्षका लागि केशव खत्री र कविराज खड्काकाे दाबी छ । दुबैले दाबी नछाडेपछि निर्वाचनमा जाने सहमति भएकाे हाे ।
वडा अधिवेशन उद्घाटन गर्दै ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर आफ्नै वडामा भने चुनाव हुने निश्चित भएको छ ।
यस अघि दुई पटक अध्यक्ष भएका खत्रीले तेस्रो पटक पनि अध्यक्षमा दावी गरेका छन् ।
युवा संघका नेता खड्काले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गर्दै दाबी प्रस्तुत गरेपछि शनिबार सहमति हुन नसकेको एक नेताले बताए ।
आइतबार विहानको प्रयास पनि असफल भएपछि दुई बजेका लागि निर्वाचन गर्ने समय तय भएको छ ।
दुबै पक्षलाई मिलाउन एमालेका स्थानीय नेताहरु प्रयासरत रहेकाे स्थानीय गोपाल खनालले जानकारी दिए ।
अधिवेशनबाट उपाध्यक्षमा विश्वराज विष्ट र सचिवमा रवि श्रेष्ठ भने सर्वसम्मत चयन भइसकेका छन् ।