एमाले वडा अधिवेशन : अध्यक्ष ओलीको वडामा चुनाव हुँदै (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडामा मतदान सुरु भएको छ ।

एमाले वडा अधिवेशन शनिबारबाट सुरु भएकाे थियो । शनिबार अध्यक्ष ओलीको वडामा सर्वसम्मत नेतृत्व चयन हुन सकेकाे थिएन ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेकाले आइतबार मतदान सुरु भएको हो ।

ओलीको वडामा अध्यक्षका लागि केशव खत्री र कविराज खड्काबीच दाबी छ ।  

दुई पटक अध्यक्ष भएका खत्रीले तेस्रो पटक पनि अध्यक्षमा दाबी गरेका छन् ।

युवा संघका नेता खड्काले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनु पर्ने बताउँदै अध्यक्षमा दाबी गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.