जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

दाङ । सल्यानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती राजमार्गको मूलपानीमा जिप दुर्घटना हुँदा स्यानको बागचौर नगरपालिका–१ थारमारेका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

सन्यानको थारमारेबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको डबल क्यापजिप आइतबार कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा सात जना घाइते भएका छन् ।

घाइतेमध्ये वविता रावललाई थप उपचारका लागि नेपालगञ्ज  रेफर गरिएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

जीप तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन, सक्ने प्रहरीले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.