प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्योः दुर्गा प्रसाईं

झापा । बी एण्ड सी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र जसपा केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईप्रतिको भ्रम टुटेको बताएका छन् ।

झापामा आइतबार एमालेले आयोजनाको गरेको पार्टी प्रवेश कार्यक्रममा प्रसाईंले यस्तो बताएका हुन् । उनले भने, ‘आफ्नै टाउकाेको मूल्य तोक्नेसँग सत्ताको गठजोड गर्नेहरूबाट राजनीति अघि बढ्न सक्दैन । देउवाले ५० लाखको टाउको तोकेको र आज तिनै देउवाको पाउमा पुग्ने प्रचण्ड र बाबुरामप्रतिको मेरो भ्रम टुट्यो ।’

प्रचण्ड र भट्टराईलाई माओको नाम लिने अधिकार नरहेको बताएका प्रसाईले उनीहहरूलाई कम्युनिष्ट भन्न लाज लाग्नु पर्ने टिप्पणी गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.