माओवादी अध्यक्ष दाहाल र २ नम्बर प्रदेश केन्द्रीय सदस्यबीच छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर–२ का केन्द्रीय सदस्यसँग छलफल गरेका छन् ।

आइतबार अध्यक्ष दाहालले पार्टी कार्यालय पेरिसडाँडामा उनीहरुसँग छलफल गरेका हुन् । छलफलमा सहभागी प्रदेश २का इन्चार्ज गणेश शाहका अनुसार प्रचण्डले पार्टीलाई कसरी क्रान्तिकारी पार्टीको रूपमा रूपान्तरण गर्ने भन्ने विषय धारणा राखेका थिए । 

उनका अनुसार पार्टीबाट भएका निर्णय कार्यान्वयन गर्ने र राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.