सुर्खेत। २० भदौ
रुकुम-पश्चिममा ६५ जना जिल्ला कमिटी सदस्यमध्ये ४६ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एमाले जिल्ला अध्यक्ष बिमलकुमार पुनसहित जिल्ला कमिटी सदस्यले एकीकृत समाजवादी रोजेका हुन् ।
नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष ऋषिप्रसाद शर्मासहित १४ जनाले भने एमालेमा नै रहने जनाएका छन् । ६५ सदस्यीय जिल्ला कमिटीमा पाँच जनाले यसभन्दा अघि नै माओवादी केन्द्र रोजका छन् ।
एमालेका सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतमलगायत बहुमत जिल्ला कमिटी एकीकृत समाजवादीमा रुपान्तरण भएको समाजवादीका अध्यक्ष पुनले जानकारी दिए ।
त्यस्तै, रुकुम-पश्चिमबाट राष्ट्रिय सभाका सदस्य ठकेन्द्रप्रकाश पुरी र कर्णाली प्रदेशसभाका सांसद देवी ओलीले पनि एकीकृत समाजवादी नै रोजेका छन् । प्रतिनिधिसभा सांसद तीर्था गौतम भने एमालमा रहेकी छन् ।