सुर्यविनायक वडा नं.२ मा अधिवेशन सम्पन्न

भक्तपुर । भक्तपुरको सुर्यविनायक वडा नं. २ मा अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष, र उपसचिवका लागि निर्वाचन भएको थियो भने उपाध्यक्ष र सचिवका लागि सर्वसम्मत नेतृत्व चयन भएको हो।

अध्यक्षका लागि केशव खत्री र कविराज खड्का उठेका थिए भने उपसचिवका लागि चन्द्रकृष्ण श्रेष्ठ र अमृत सिलवाल उठेका थिए । जम्मा ८४ मत खसेकोमा २ रद्द भएको थियो ।

अध्यक्षमा केशव खत्री ५० मत ल्याउँदै र उपसचिवमा अमृत ५५ मत ल्याउदै विजय भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.