आज सर्वोच्चमा फुल कोर्ट बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतमा पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् ।

जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुल कोर्ट बोलाए पनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् ।
मन्त्रिपरिषद्मा भागबण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ ।

न्यायाधीशहरू बीचकाे बैठक सोमबार विहान ११ बजे फेरि बस्दैछ ।

न्यायाधीशहरूले इजलास भने बहिष्कार गरेका छैनन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.