काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बोलाएको फुलकोर्ट (बैठक) अघि असन्तुष्ट न्यायाधीशको समानान्तर बैठक सुरु भएको छ ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणले बोलाएको बारसहितको अदालतको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरेका सर्वोच्चका १४ न्यायाधीशले सो बैठकभन्दा अघि समानान्तर बैठक सुरु गरेका हुन् ।
आइतबार मात्रै १४ न्यायाधीशको बैठकले प्रधानन्यायाधीश राणाले बोलाएको बारसहितको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेकोलगायत आरोप असन्तुष्ट न्यायाधीशहरुले लगाएका छन् ।