राणाले बोलाएको फुल कोर्ट बैठक अनिश्चित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको फुल कोर्ट बैठक अनिश्चित बनेको छ ।

आइतबार प्रधानन्यायाधीश राणाले बोलाएको  बैठक १४ न्यायाधीशले बहिष्कार गरी छुट्टै छलफल (बैठक)मा जुटेपछि राणाले बोलाएको फुल कोर्ट बैठक अनिश्चित बनेको हो । 

अहिले १४ न्यायाधीशको छुट्टै बैठक जारी छ । 

बैठकले अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिने छ । जबराको कार्यक्षमता र योग्यताको विषयमा छलफल गर्ने आँकलन गरिएको छ। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.