गुराँस लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सोमबार (आज) संस्थाको १६ दशमलब ९० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले सेयर मूल्य समायोजन गरेसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँ कायम भएको छ । आजको सेयर बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँबाटै सुरु भएको छ ।

यसअघि आइतबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता एक हजार पाँच सय ७६ रुपैयाँमा भएको थियो ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.