अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु पर्ने राष्ट्रसंघले चेतावनी दिएको हो ।

अफगानिस्तानमा करिब दुई करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ । यहाँ ३२ लाख बालबालिका कुपोषणको सिकार भएका छन् ।

‘अफगानिस्तानमा अहिले मानवीय संकट गहिरिएको छ । त्यहाँ जुनसुकै बेला भोकमरीको जोखिम छ ।’ विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिसलेले भने ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको छ ।

अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.