काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा नेपालविरुद्ध भारतले २ गोलको अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले ६२ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।
फारुख ४६औँ मिनेटमा विपीन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले नेपाल डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए ।
यसरी नै ८०औँ मिनेटमा भारतका सुनिल क्षत्रीले अर्को गोल गर्दै भारतलाई २ गोलको अग्रता दिलाएका हुन् ।
