काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सिफारिस गरेको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका अध्यक्षबीच भएको भेटका क्रममा अध्यक्ष थपलियाले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको हुन् ।
आयोगका अनुसार स्थानीय तहको कार्यकाल २०७९ जेठ ५ गते सकिँदै छ ।
कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिए पनि निर्वाचनसम्बन्धी कानूनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नु पर्ने व्यवस्था छ ।
आसन्न निर्वाचनका मिति र पूर्व तयारीका विषयमा छलफल गर्न निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित पदाधिकारीहरु बालुवाटार गएका थिए ।