काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सट्टापट्टामा परमादेश जारी गर्नेले न्यायपालिकाको हुर्मत लिएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सर्वोच्च अदालत गुटबन्दीको अखडा भएको बताउँदै सो टिप्पणी गरेका हुन् ।
‘टुप्पो (प्रधान न्यायाधीश)मात्र नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशको अनुहार उस्तै हो,’ गृहजिल्ला झापा गौरादहमा आयोजित कार्यक्रममा भने, ‘न्यायाधीशहरु आफैं आरोप /प्रत्यारोप र मारामारीमा उत्रिएर दुनियाँमा नभएको जात्रा देखाइरहेका छन् ।’
नेकपा एमालेले संसद् विघटनलगायत मुद्दामा अदालत विभेदकारी भए पनि आफूहरुले अदालतका फैसला स्वीकारेको बताएको छ ।