काठमाडौं । न्यायाधीशहरुकाे बैठकले प्रधान्यायधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
प्रधानन्यायाधीश जबरासँग भएको परामर्शपछि बसेको न्यायाधीशहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
न्यायाधीशहरु सोमबार प्रधानन्यायाधीश राणाले बोलाएको बैठकमा गएका थिएनन् । बैठकमा नगएका न्यायाधीशरु मंगलबार प्रधानन्यायाधीशसँगको परामर्शपछि पुन: बैठकमा जुटेका थिए ।
न्यायाधीशहरुले प्रधानन्यायाधीशसँगको भेटमा राजीनमा दिन माग गरेका थिए ।
प्रधानन्यायाधीशविरुद्ध सक्रिय सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठक पुन: बुधबार बस्ने भएको छ ।