आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपः सनिल शाही अन्तिम ३२ मा

काठमाडौं । नेपाली मुक्केवाज सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् ।

सर्बियाको बेलग्रेडमा भइरहेको प्रतियोगिताको ६७ केजी तौल समूहमा इराकका अल ओहाइडीबाट वाक ओभर पाउँदै सनिल अन्तिम ३२ मा प्रवेश गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी दिए ।

सनिलले २८ अक्टोबरमा आयोजक सर्बियाका अब्बासोभ भाकिडसँग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सनिलसहित चार खेलाडी सहभागी छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.