काठमाडौं । बार सल्लाहकार समिति सदस्यहरुले प्रधानन्यायाधीले राजीनामा नदिए देशभर राजीनामा माग्ने चेतावनी दिएका छन् ।
मंगलबार बसेको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्ने चेतानी दिएका हुन् ।
सल्लाहकार समिति सहितको बैठकमा ३७ जनाले सुझाव दिने क्रममा ३६ जनाले राजीनामा दिनुपर्ने बताएका छन् ।
मंगलबार बसेको न्यायाधीशहरुकाे बैठकले प्रधान्यायधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिन माग गरेको छ ।
प्रधानन्यायाधीशविरुद्ध सक्रिय सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठक पुन: बुधबार बस्ने भएको छ ।