पाकिस्तानको निरन्तर दोस्रो जित

काठमाडौं ।   पाकिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको सुपर १२ को समूह ‘बी’ मा रहेको पाकिस्तानले न्यूजिल्यान्डलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनलकाे सम्भावना बलियो बनाएको हो ।

जितका लागि एक सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभर चार बलमा पाँच विकेटको क्षतिमै पूरा गर्‍यो ।

टस जितेर बलिङ गरेको पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए । शोएब मलिक २६ रनमा अविजित रहे ।

न्यूजिल्यान्डका स्पिनर ईश सोधीले दुई विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले  एक–एक विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनाएको थियो ।

न्यूजिल्यान्डका डेभन कन्वेले सर्वाधिक २७ रन बनाए । कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगे ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले सर्वाधिक चार विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले एक–एक विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । सुपर १२ को समूह ‘बी’ मा पाकिस्तान दुई खेलमा दुई जित साथ चार अंकसहित शीर्ष स्थानमा छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.