काठमाडौं । बुधबार प्रि-ओपन सेसनमा नेप्से २ दशमलव ३२ अंकले बढेको छ।
अघिल्लो दिन उच्च अंकले बढेको नेप्से बुधबार प्रि ओपन सेसनमा २ दशमलव ३२ अंक बढेको हो ।
मंगलबार नेप्से ७८ दशमलव ८२ अंक बढेर दुई हजार सात सय ५१ दशमलव ०७ विन्दुमा पुगेको थियो ।
बुधबार प्रि-ओपन सेसनमा २६ कम्पनीको ३५ लाख ९५ हजार तीन सय ६१ रुपैयाँ ३० पैसा बराबरको सेयर खरिद बिक्री भएको छ ।