काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पेसी तोकेका छन्। पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको बेला राणाले बुधबारका लागि ११ वटा इजलास तोकेका हुन्।
राणाले वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोकेका छन् । राणाले आफ्नो एकल इजलास पनि तोकेका छन्।
सर्वोच्चका १५ न्यायाधीशहरु प्रधानन्याधीश राणाको राजीनामाको पक्षमा छन् ।
राणा सर्वोच्चमा एक्लो भए पनि उनले आफूले राजीनामा नदिने बताएका छन् ।
मंगलबार राणाले सामूहिक रुपमा भेट्न आएका न्यायाधीशलाई पदबाट राजीनामा नदिने र महाअभियोग लगाए सामाना गर्ने जवाफ दिएका थिए।